अमिर शेखको नेपाल भ्रमणका कारण मंगलबार सार्वजनिक बिदा

२०८१ वैशाख १० गते

अमिर शेखको नेपाल भ्रमणका कारण मंगलबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिए । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

Advertisement:

Ad
Ad