आज फेरी सुनको मुल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार?

२०८० चैत २७ गते

आज फेरी सुनको मुल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।

सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । नेपाली बजारमा यो अहिले सम्मकै उच्च मूल्य हो ।

Advertisement:

Ad
Ad

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार  सय ८५ निर्धारण भएको जनाएको छ ।