२०८० चैत २० गते
काठमाडौं । लामो समयदेखि रोकिएको साधारण सेयर(आइपीओ)अब केही दिनमा नै खुला हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको हो ।
अबको केही दिनबाट आवश्यक कागजात पूरा गरेका कम्पनीलाई बोर्ड सञ्चालकले पास गरेपछी सेयर निष्काशन गर्न दिने बोर्डको तयारी छ ।केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्काशन प्रकृया अघी बढाउन निर्देशन दिएका थिए सोहीअनुसार अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने गरी काम भइरहेको बोर्डले जनाएको छ ।
अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत क्षेत्रका रहेका छन् ।
प्रतिक्रिया