आइएमई लाइफको आकर्षक लाभांश घोषणा

२०८१ वैशाख २० गते

आइएमई लाइफको आकर्षक लाभांश घोषणा

काठमाडौँ ।आइएमइ लाईफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

सोमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ । बैशाख १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।