२०८० पुस २९ गते
काठमाडौँ । आज अर्थात पुष २९ कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । ६ बैंकसहित ३२ कम्पनीहरुले सभा आव्हान गरेका छन् ।
पुष भित्र साधारण सभा गरी सक्नु पर्ने प्रावधान बमोजिम कम्पनीहरुले अन्तिम मिति तिर सभा आव्हान गरी रहेका हुन् ।एकै दिन ३२ कम्पनीले साधारण सभा आव्हान गरे पनि १० कम्पनीले मात्र सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । यस वर्ष अधिकांश कम्पनीहरुको लाभांश दर समेत घटेको हो । अधिकांश कम्पनीहरुले सेयरधनीहरुलाई निराश बनाएको छ ।
३२ वटा कम्पनीहरुले एकैदिन साधारण सभा बोलाएपछि केहि सेयरधनी अलमलमा परेका छन् । आफु सेयरधनी भएका कम्पनीहरुको सभा एकै दिन परेपछि सेयरधनी कुनमा जाने नजाने दोधारमा परेका हुन् । सभामा कम्पनीको कमि कमजोरीलगायत वित्तीय विवरण पेश गर्नु पर्ने भएकाले सभामा सेयरधनीहरुको उपस्थितीलाई निकै महत्वका साथ हेर्ने गरीन्छ ।
कुन कम्पनीको कहाँ ?
२९ गते साधारण सभा आव्हान गर्ने १० कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । नेपाली टेलिकमले ४० प्रतिशत नगद, छिमेक लघुवित्तले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद, गरीमा विकास बैंकले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद, साना किसान लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद, राधि विद्युतले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद, युनिभर्सल पावरले ८.५५ प्रतिशत बोनस र ०.४५ प्रतिशत नगद, बुटवल पावरले ५ प्रतिशन नगद, श्री इन्भेष्टमेन्ट फाइनान्सले ५.०५ प्रतिशत नगद, हाइड्रो इलेक्ट्रिसीटीले ५.२६३ प्रतिशन नगद र आइसी एफसी फाइनान्सले ६.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेका छन् ।
टेलिकमले राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे, छिमेकले होटल सामना प्रा।लि।को सभाहल मकवानपुर हेटौँडामा बिहान ११ बजे, गरिमा विकास बैंकले १७औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान ११ बजे, साना किसानले कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे, राधि विद्युत्ले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौँमा, युनिभर्सल पावरले कार्यालय त्रिपुरेश्वर काठमाडौँ र बुटवल पावर कम्पनीले कार्की बेंक्वेट, बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको छ ।
साथै, श्री इन्भेष्टमेन्टले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्ली बजार, हाइड्रो इलेक्ट्रिसीटीले बानेश्वर ब्याक्वेट नयाँ बानेश्वर काठमाडौँ र आइसी एफसिले आम्रपालि ब्याक्वेट थिरबम सडक भाटभटेनी काठमाडौँमा बस्ने गरी पुष २९ गते सभा बोलाएको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकले कन्चनजंघा पार्टी प्यालेस विराटनगर, प्राइम कमर्सियल बैंकले अमृत भोग क्याटर्स कालिकास्थान काठमाडौँ, हिमालयन बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँ, नेपाल बैंकले प्रधान कार्यालय धर्मपथ काठमाडौँ, ज्योति विकास बैंकले लिसारा रिसेप्सन्स नक्साल काठमाडौँले सभा बोलाएका छन् ।
साथै, लक्ष्मी लघुवित्तले अग्रवाल भवन कमलपोखरी काठमाडौँ, उन्नति सहकार्य लघुवित्तले एशियन बुद्ध होटल सि।न।पा रुपन्देहि भैरहवा, सिवाईसी लघुवित्तले कुटी रिसोर्ट लेकसाइड ६ पोखरा, विपि डब्लु लघुवित्तले होटल ल बगैचाको सभाहल जावलाखेल ललितपुर, गणपति लघुवित्तले कार्यालय भवन शुक्लागण्डकी ४ तनहुँमा साधारण सभा बोलाएको हो ।
यता, घलेम्दी हाइड्रोपावरले सासा ब्याक्वेट नयाँ बजार काठमाडौँ, मोदि इनर्जी लिसारा रिसेप्सन्स नक्साल काठमाडौँ, अरुण भ्यालीले मैत्रीहल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, इस्टर्न हाइड्रोपावरले होलिडेज पार्टी भेन्यू भरतपुर ७ चितवन, सान्जेन जलविद्युतले कार्की पार्टी प्यालेस सुकेधारा काठमाडौँ, राप्ति हाइड्रोले नेवा ब्याम्बो कटेज हरिसिद्धि ललितपुर, गुडवील फाइनान्सले कार्यालय भवन हात्तिसार काठमाडौँ, बाराही हाइड्रोपावरले सिद्धार्थ कटेज एण्ड बार पा्रलि धोविघाट ललितपुर, माथिल्लो मैलुङ खोलाले कुण्डलिनि दरबार ब्याक्वेट कामपा ४ चडोल, सिनर्जी पावरले डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौँ, युनियन हाइड्रोपावरले सिद्धार्थ कटेज धोविघाट ललितपुर र पोखरा फाइनान्सले दरबारथोक ब्याक्वेट पोखरा ९ बास्तोलाथर कास्कीमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको हो ।
प्रतिक्रिया