५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा

२०८० चैत ०८ गते

५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गर्दै उक्त सभामा ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । सभा चैत ३० गते क्वालिटि बैंकेट, बुद्धनगर, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।

सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

Advertisement:

Ad
Ad

हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।