बिष्णु पौडेलको बजेट कार्यान्वयन गर्न आइपुगेका स्वर्णिमको बजेटमा के छ विशेष ?

२०८३ जेठ १५ गते

बिष्णु पौडेलको बजेट कार्यान्वयन गर्न आइपुगेका स्वर्णिमको बजेटमा के छ विशेष ?

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनमा आज नयाँ आर्थिक वर्ष २०८३/०८४का लागि बजेट सार्वजनिक गर्दैछन् । अर्थतन्त्रका धुरन्धर मानिएका वाग्ललेले ल्याउने बजेट विशेष हुने अपेक्षा गरिएको छ । आज ल्याइने बजेट सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने बताइएको छ । 

 

Advertisement:

Ad
Ad

नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकोछ  । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै करिब २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 


सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना, सरकारको नीति तथा कार्यक्रममा तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको जनाइएको छ ।

 

सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, सरकारको सुशासनको मार्गचित्र, आर्थिक सुधार, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई बजेटको केन्द्रमा राखिएको बताइएको छ ।

के छ विशेष ?

सरकारी कर्मचारीको तलब वृद्धि हुने भएको छ । इन्धनको कर घटाइने छ । उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा छुट दिइने छ । केही करका दरमा पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बजेटमा समेटिने चर्चा छ । सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिइएको जनाइएको छ ।

 

यसअघि राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सिलिङ तोकेको थियो । आयोगले निर्धारण गरेको सीमामा रहेर बजेट तयार गर्न कठिन हुने भएकाले त्यसलाई पुनरवलोकन गर्न सरकारबाट अनुरोध भएपछि राष्ट्रिय स्रोत अनुमान समितिले त्यसलाई बढाएर ल्याएको थियो ।