२०८२ कात्तिक ०९ गते
काठमाडौँ ।रियल मड्रिड र बार्सिलोना फेरि एकपटक स्टार खेलाडीले भरिएको ‘एल क्लासिको’मा आमनेसामने हुँदैछन् । किलियन एमबाप्पे र लामिन यामालबीचको यो भिडन्तले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको ऐतिहासिक प्रतिद्वन्द्वितालाई सम्झाउने अपेक्षा गरिएको छ ।
स्पेनिस फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धाम एमबाप्पे र यामाल मुख्य आकर्षण बन्न तयार छन् । रियल मड्रिड र बार्सिलोनाबीच सान्टियागो बेर्नाबेउमा यो भिडन्त ला लिगाको शीर्ष स्थानका लागि हुन लागेको हो । नेपालमा यो खेल आज राति ९ बजेपछि हेर्न पाइने छ ।
प्रतिक्रिया