२०८३ साउन १५ गते
काठमाडौँ । अर्थमन्त्रालयमा लघुवित्त पीडितसँग वार्ता शुरु भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आन्दोलनरतसमूहसँग वार्ता गर्न समिति गठन गरेका थिए । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए सोही बमोजि आज पीडितहरुसँग वार्ता शुरु गरिएको हो ।
समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग निर्णायक वार्ता गर्ने जनाएको छ ।
प्रतिक्रिया