युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १९ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

२०८१ वैशाख १४ गते

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १९ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १ लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । शुक्रवार कम्पनीले दुई संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सिटिसिमल सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad