तोलामै १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

२०८१ जेठ ०६ गते

तोलामै १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

Advertisement:

Ad
Ad

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।