२०८१ जेठ २४ गते
काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ ।
२०८० साल असार २ गते आएको बाढीले व्यापक क्षति पु¥याएको उक्त आयोजना जेठ २२ गतेदेखि पुनः सञ्चालनमा आएको हो । विद्युत उत्पादन बन्द हुँदा कम्पनी नोक्सानीमा गएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९४ लाख ४ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया