सुनको भाउ ह्वात्तै बढ्यो, कति छ आजको मूल्य?

२०८१ जेठ ०३ गते

सुनको भाउ ह्वात्तै बढ्यो, कति छ आजको मूल्य?

काठमाडौं ।  स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु. एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु. एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला रु. ६० ले बढेर रु. एक हजार आठ सय पाँच पुगेको छ ।

Advertisement:

Ad
Ad

रासस