सेयर लगानीकर्ताहरुको आन्दोलन तत्काललाई स्थगन

२०८१ वैशाख १६ गते

सेयर लगानीकर्ताहरुको आन्दोलन तत्काललाई स्थगन

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलन र प्रदर्शन स्थगन भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारलाई दवाब दिने उद्देश्यले सेयर लगानीकर्ताहरुले शनिवारदेखि आन्दोलन थालेका थिए । तर सरकारले विदेशीको अगाडि आन्दोलन गर्दा लगानीकर्ता बिच्किन सक्ने भन्दै आन्दोलन रोक्न अनुरोध गरेपछि लगानीकर्ताहरुले तत्काललाई आन्दोलन रोकेका हुन् ।

लगानीकर्ताका अगुवा उपेन्द्र पाठकले अर्थमन्त्रालयको आग्रहका अनुसार आन्दोलन रोपिकएको हो । उनले भने-' विदेशीको अगाडि घरझगडाको तमासा देखाउनु उचित होइन, हाम्रो लडाईं राज्यसँग हो । ऊसँग अरुबेला पनि लडाईं गर्न सकिन्छ भन्ने साथीहरुबीच सहमति बन्यो र आन्दोलन रोकिएको हो ।' आफ्नो देशको इज्जत र शाख जोगाउनु आफ्नो दायित्व रहेको स्मण गर्दै आन्दोलनका कार्यक्रम केही दिनलाई रोकिएको उनको भनाई छ ।

Advertisement:

Ad
Ad

पाठकले आश्वासनअनुसार काम नभए वा सरकारले लगानी सम्मेलनपछि पनि लगानीकर्ताको आवाज नसुने फेरि आन्दोलन चर्काउने चेतावनी उनले दिए । सेयर लगानीकर्ताहरु जिम्मेवार छन् र आफ्नो देशप्रति इमानदार तथा बफादार छन् भन्ने सन्देश समेत आन्दोलन स्थगनबाट प्रवाह भएको उनको जिकिर छ ।