२०८१ जेठ ०६ गते
काठमाडौँ । यस हप्ताको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै यस दिन शेयरबजार सूचक, नेप्से बढेको हो । यस दिन नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.२६ प्रतिशतले बढ्न पुगेको हो ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर विकास कम्पनी रह्यो जसको १४ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा हिमालयन लाईफ इन्स्योरेन्स रह्यो जसको २ लाख ७३ हजार ७०९ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया