२०८१ वैशाख १६ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७२ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १२ उपसमूहको परिसूचक बढेका छन् भने एक उपसमूहको परिसूचक घटेको छ । आईतबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ३.९८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी यस दिन एक मात्र घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.३४ प्रतिशतले घटेको छ ।
आईतबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा मल्टी पर्पोज फाइनान्स रह्यो जसको १० करोड ९८ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि मल्टीपर्पोज फाइनान्स नै रह्यो जसको २ लाख ४४ हजार ४ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया