सन्दीप लामिछानेले सफाई पाएपछि समर्थकका खुशी (तस्बीरहरु)

२०८१ जेठ ०२ गते

सन्दीप लामिछानेले सफाई पाएपछि समर्थकका खुशी (तस्बीरहरु)

काठमाडौँ । बलात्कार आरोप खेपिरहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेले मुद्दाबाट सफाई पाएपछि उनका समर्थकहरुले खुशी व्यक्त गरेका छन् ।

फैसला सुन्न बुधबार उच्च अदालत पाटन परिषरबाहिर रहेका समर्थकहरुले फैसलापछि खुशियाली व्यक्त गर्दै नाराजुलुस लगाएका छन् । यतिखेर चोक गल्ली सामाजिक सञ्जालमासमेत लामिछानेमाथि अदालतले गरेको फैसलाको पक्ष र विपक्षमा गरी मतमतान्तरको सिलसिला चलेको छ ।

Advertisement:

Ad
Ad