साना किसान विकास लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

२०८२ कात्तिक २६ गते

साना किसान विकास लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं ।  साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको सञ्चालक समितिको कात्तिक २६ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको लघुवित्तले जनाएको छ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।