२०८० पुस २२ गते
काठमाडौं। बजारमा ऋणको माग हुन नसकेपछि बैंकहरुले माघदेखि निक्षेपको ब्याज घटाउने तयारी गरेका छन् । महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका हुन् ।
साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन। लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको छैन।
त्यही भएर बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने भएका हुन्। निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ।
तर आधार दर तीन महिनाको औसतमा गणना हुने, बैंकहरुले एक वर्षभन्दा बढी अवधिको निक्षेप स्वीकार्नेजस्ता कारणले ऋण अझै महँगै छ। ऋणको ब्याज महँगो हुन्जेल नयाँ माग नआउने बैंकरको बुझाइ छ।
‘
प्रतिक्रिया