नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

२०८१ जेठ ०७ गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,  कारोबार रकममा पनि वृद्धि

काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक  २७.५४ अंकले बढेर २०९२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३३ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ८ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ५ उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ४.१८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक  घट्ने उपसमूहमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.६५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बाढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१५ स्टकको ८० हजार ९ सय ८२ पटकको कारोबारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १३४ वटा कम्पनी बढेका छन् भने १०७ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सामुदायिक लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी र नेरुडे मिर्मिरे लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक उछाल आएको छ  । सर्वाधिक घट्नेमा उपकार लघुवित्त रह्यो जसको शेयरमा ७.४० प्रतिशतको गिरावट आएको छ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा पोखरा फाइनान्स रह्यो जसको १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा कुमारी बैंक रह्यो जसको ४ लाख ४३ हजार ५८ कित्ता शेयर किनबेच भएको छ ।