नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशनको स्वीकृती

२०८० पुस २२ गते

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निष्काशनको स्वीकृती

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार बैंकले प्रतिशेयर १०० रुपैयाँमा २६ लाख २४ हजार ६७६ कित्ता शेयर निष्काशन गर्नेछ। बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Advertisement:

Ad
Ad