दक्षिणकालीमा दुई शवसँगै मोटरसाइकल पनि भेटियाे

२०८१ जेठ २४ गते

दक्षिणकालीमा दुई शवसँगै मोटरसाइकल पनि भेटियाे

काठमाडौँ । काठमाडाैंस्थित दक्षिणकालीमा २ शव फेला परेकाे छ । दक्षिणकाली नगरपालिका-८ केराबारीकाे भिरमा दुई जना मृत अवस्थामा भेटिएका हुन् ।

Advertisement:

Ad
Ad

मृत भेटिनेमा धादिङ सिद्धलेख गाउँपालिका-५ स्थायी ठेगाना भइ हाल भक्तपुर बस्ने ४२ वर्षका रामचन्द्र खनाल रहेका छन् । उनका साथै चाँगुनारायण-५ का ३२ वर्षीया सरिता राईकाे पनि शव फेला परेको छ। उनीहरूकाे मृत्यु केही दिन अघि नै भएको प्रहरीको अनुमान रहेकाे छ।  यसैगरी, घटनास्थलमा प्रदेश ३-०२-००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि भेटिएकाे छ।

बुधबार बेलुकी नै स्थानियले उनीहरूकाे शव सडकबाट करिब २०० मिटर तल भिरमा अड्किएको देखेका थिए जसपश्चात उनीहरूले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालयकाे टाेलीले फर्पिङ घटनास्थलमा पुगेर स्थल सुरक्षित राखेको थियो।

त्यसपछि, बिहीबार बिहान प्रहरी वृत्त कीर्तिपुरस्थित अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो। मुचुल्का गरेर आज नेपाल प्रहरी विपद् व्‍यवस्थापन कार्यालय सामाखुसीको टोली घटनास्थलमा पुगेर दुवैकाे शव निकालेको हाे।