२०८२ पुस ३० गते
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हालको चुक्ता पूँजीको कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश रहनेछ।
उक्त प्रस्ताव पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट पारित भएको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै लाभांश शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया