बैंकिङ सेक्टर बढेसँगै नेप्से परिसूचक १५.५४ अंकले बढ्यो

२०८१ जेठ ०९ गते

बैंकिङ सेक्टर बढेसँगै  नेप्से परिसूचक १५.५४ अंकले बढ्यो

काठमाडौँ । बुधबार बैंक सेक्टरमा उछाल आउँदा शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक  १५.५४ अंकले बढेर २१३१.४९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ४ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ९ उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ४.२३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.३४ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बढेपनि आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१८ वटा स्टकको ७८ हजार ५१ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ८१ वटा कम्पनी बढेका छन् भने १६१ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सामुदायिक लघुवित्त र बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ  । सर्वाधिक घट्नेमा मानुषी लघुवित्त रह्यो जसको शेयरमा ८.०५ प्रतिशतको गिरावट आएको छ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेरुडे मिर्मिरे लघुवित्त रह्यो जसको २४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा शिङ्गटि हाइड्रो इनर्जी लिमिटेड रह्यो जसको ४ लाख ७३ हजार ८ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।