नुवाकोटको देवीघाटमा सेनाले जोड्यो नयाँ पुल,भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने

२०८३ भदौ २५ गते

नुवाकोटको देवीघाटमा सेनाले जोड्यो नयाँ पुल,भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा पुल जडान भएको छ । यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य बुधबार राति सम्पन्न भएको हो। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो। 


नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला भएको छ भने भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्। यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। 

Advertisement:

Ad
Ad


सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।