२०८२ भदौ ०६ गते
काठमाडौ । नेपाल ल्युब आयल लिमिटेडले नाडा अटो शो मा बिशेष क्याम्पियन चलाइरहेको छ । नाडा अटो शो २०२५ का अवलोकनकर्ताले नेपाल ल्युब आयलको ‘के वान’ तथा ‘के टु’ स्टलमा गएर ३६० डिग्रि बुथमा कुनै पनि भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरे विभिन्न पुरस्कार पाउँनेछ । भिडियो पोष्ट गर्दा गल्फ नेपाललाई भने उदृत गर्नुपर्नेछ ।
सियोर सर्ट उपहारमा डायरी, पेन, किरिङ, आयल र टिसर्ट रहेको छ । भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने जोकोहीले आफुले तानेको चिटको आधारमा यी मध्ये कुनै एक पुरस्कार पाउँनेछन् भने नाडा शो सकिएपछि भाग लिएकाहरुमध्येबाट २ जनाले सामसुङको मोबाइल फोन उपहार पाउँने नेपाल ल्युब आयलका कार्यकारी बजार व्यवस्थापक ओसिम अक्रमले जनाएका छन् ।

नेपाल ल्युब आयल दुइपांग्रे देखि चारपांग्रे सवारी साधनसम्म र ठुला ठुला औद्योगिक क्षेत्रमा समेत प्रयोग हुन्छ । कार्यकारी बजार व्यवस्थापक अक्रमका अनुसार नेपाल ल्युब आयलको बजार हिस्सा १२ प्रतिशत रहेको छ ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दै आएको छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेसिनरीहरुलाई समेटन सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।
प्रतिक्रिया