२०८२ जेठ ०७ गते
काठमाडौ । बजेट आउन अब एक साता बाँकी छ । यस अघि नै विद्युतीय सवारी साधन आयात अत्यधिक हुन थालेको छ । आगामी बजेटले विद्युतीय सवारी साधनमा कर बढाउँन सक्ने भन्दै व्यापारीले सवारी साधन धमाधम भित्र्याइरहेका छन् ।

विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले पनि व्यवसायीमा भन्सार बढ्ने डर पैदा गराएको छ। आयोगले पेट्रोल र इभी गाडीमा कर समायोजन तथा कार्बन उत्सर्जन गर्ने सवारीमा हरित कर लगाउने सुझाव दिएको छ। यसले पनि घर बढाउँन सक्ने देखिएको छ ।

प्रतिक्रिया