बल्झियो नाडाभित्रको विवाद : अध्यक्ष चौधरीले निकाले विज्ञप्ति भने, 'अनर्गल समाचार आयो म पद हस्तान्तरण गर्न तयार छु'

२०८२ भदौ १८ गते

बल्झियो नाडाभित्रको विवाद : अध्यक्ष चौधरीले निकाले विज्ञप्ति भने, 'अनर्गल समाचार आयो म पद हस्तान्तरण गर्न तयार छु'

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा)का अध्यक्ष करण चौधरीले आफू पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । चौधरीले एक विज्ञप्ति निकाल्दै केही सञ्चार माध्यममा भ्रामक समाचार वा गलत व्याख्याको प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।

 

Advertisement:

Ad
Ad

'सबै दाबीहरू तथ्यविहीन र निराधार छन्। नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको छ भन्ने कुरा यस अवसरमा स्पष्ट पार्न चाहन्छौ, नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनुपर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ,'विज्ञप्तिमा भनिएको छ ।

 

अगाडि लेखिएको छ,'यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको छ। त्यसैले विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य छन्। यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो। तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि का.जि.प्र.कार्यालयले च.नं. १३० मिति २०८२/०४/१५ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ। सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ। यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ।'

 

चौधरीले पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत रहेको र नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय नगरेको समेत दाबी गरेका छन् । 'नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग छु,'उनले उदृत गरेका छन् ।

यस्तो छ विज्ञप्ति-