२०८२ भदौ ०८ गते
काठमाडौँ । १७औँ संस्करणको नाडा अटो शो सकिएको छ। यही भदौ ३ गतेदेखि सुरु भएर पाँच दिनसम्म चलेको नाडा अटो शो स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज समापन गरेका हुन्।
आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०का अनुसार कुल १ लाख ६० हजार दर्शकले शो अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अटो शोमा दुई पाङरे र ४ पाङ्रे गरी कुल १सय ३५ स्टल रहेका थिए । दीपलको फ्लाइंग ट्याक्सी र रोबर्ट मूख्य आकर्षण रहेको यो शोमा ३० वटा नयाँ गाडी सार्वजनिक गरिएको थियो । शोका स्टलहरुमा विद्युतीय गाडीको बर्चस्व रहेको थियो । शोको टिकट पार्टनर खल्ती एप रहेको थियो ।
आयोजक नाडाले शो भब्यताका साथ सम्पन्न भएको उद्घोष गरेको छ ।
प्रतिक्रिया